काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा आइरहेको गिरावट ब्रेक लागेको छ। आज सुनको भाउ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ। 

सुनको भाउमा गत सोमबारदेखि लगातार गिरावट आएको थियो। हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।