काठमाण्डौ । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ तोलामा  २०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।