काठमाण्डौ । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा ६ महिना यताकै उच्‍च विन्‍दुमा पुगेको छ । 

 गत शुक्रबारसम्म २ हजार २ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको सुन सोमबार बिहान २ हजार १८ डलर प्रतिऔंस सम्म पुगेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य अहिले प्रतिऔंस २ हजार १३ डलरमा कारोबार भइरहेको छ।

अमेरिकि फेडरल रिर्जभको ब्‍याजदर उच्‍चतम बिन्‍दुमा पुगिसकेको र आगामि दिनमा घड्दो क्रममा जाने प्रक्षेपणका बिच सुनको मूल्‍यमा बढोत्तरि भएको हो। 
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारक तत्त्व रहेको जानकारहरू बताउँछन्।

उनीहरुका अनुसार एउटा पक्ष भू-राजनीतिक अस्थिरता हो भने अर्को युद्ध हो। पछिल्लो समय इजरायल र हमासबीच लडाइँ शुरू भएयता सुनको भाउ बढ्दो क्रममा छ । त्यहाँ अझै यद्ध चर्कियो भने त्यसले सुनको मूल्य थप बढ्ने आकलन गरिएको छ ।

त्यसो त अमेरिकामा सेप्टेम्बर ११ मा हमला हुँदा, युक्रेन युद्ध शुरू हुँदा पनि सुनको भाउ बढेका विगतका उदाहरण छन्।

त्यस्ता घटनाले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सीधै प्रभाव पार्छ। यतिमात्र नभई दुईरचार वर्षमा यता सुनको मूल्य अस्थिर रहेको छ ।
नेपालमा
पनि बढ्यो सुनको भाउ, तोलाको कति ?
साताको दोस्रो दिन आइतबार नेपालमा पनि पहेंलो धातु सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो  दिनको तुलनामा एकैदिन ५०० रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला  १ लाख १६ हजार ९००रुपैयाँमा कारोबार भएकोमा यो दिन १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यता, चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।