काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । यो दिनको सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।

साताको पहिलो दिन आइतबार पहेंलो धातु सुनको भाउ बढेको  छ। यो दिन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन १ लाख २० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ । 

 शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजारमा रुपैयाँमा कारोबार थियो ।यसैगरी यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन अन्तरराष्ट्यि बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ७२.१३ अमेरिकी डलरमा कारोबार भइरहको छ ।

अमेरिकि फेडरल रिर्जभ को ब्‍याजदर उच्‍चतम बिन्‍दुमा पुगिसकेको र आगामि दिनमा घट्दो क्रममा जाने प्रक्षेपणका बीच सुनको मूल्‍यमा बढोत्तरि भएको हो। 

सुस्त आर्थिक गतिविधिले विश्वको अर्थतन्त्र र सेयर बजार नयाँ र अपरिरित गन्तव्यतर्फ लम्किरहेका बेला लगानीकर्ताको ध्यान भने सुनले तानिरहेको छ । यो महिना अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले कीतिमानी उचाइ कायम गरेको छ । अनिश्चितता बढ्दै गर्दा विज्ञहरुले बहुमूल्य पहेंलो धातुको रुपमा रहेको सुनको मूल्यले नयाँ उचाइ हासिल गर्न सक्ने बताएका छन् । 

किन बढिरहेको छ सुनको मूल्य ?
यो वर्षको सुरुवातदेखि अहिलेसम्म सुनको मूल्यमा वृद्धि देखिएको छ । सुन र अमेरिकी डलरबीच अप्रत्यक्ष अर्थात उल्टो सम्बन्ध रहेको छ । अमेरिकी डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्दछ र बढ्दा घट्ने गर्दछ । सुनलाई नयाँ कोरोबार क्षेत्रमा प्रवेश गराएको छ । लगानीकर्तामा यसको कारोबारप्रति चासो जागेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि यो दिन पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।