काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बिहीबार बढेको छ । 

यो दिन छापावाला सुनको मूल्य तोलामा २००रुपैयाँले बढेको हो । अघिल्लो कोराबार दिन बुधबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा बिहीबार तोलाको १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

यो दिन चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको  छ। यो दिन प्रतिऔंस २ हजार २६ डलरमा कारोबार भइरहेको  छ।