काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य सोमबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ५०० रुपैयाँ घटेको हो । यो दिन सुनको भाउ प्रतितोला  १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार प्रतितोला सुनको भाउ १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी यो दिन तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको  छ। यो दिन सुनको भाउ प्रतिऔंस १ हजार ९९७ डलरमा कारोबार भइरहेको  छ।

केही दिनअघिसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १०० डलर नजिक पुगेको थियो । त्यसपछि करेक्सनमा गएको सुनको मूल्य पछिल्लो समय भने ह्वात्तै घटेको हो । 

नेपाली बजारमा समेत सुनको भाउ अन्तराष्ट्रिय बजारको भाउअनुसार घटबढ हुने गर्छ । यहीकारण नेपाली बजारमा सुनको भाउ पनि ह्वात्तै घट्ने सम्भावना देखिएको छ ।