काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य मंगलबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा ७०० रुपैयाँ घटेको हो ।

यो दिन सुनको भाउ प्रतितोला  १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन सोमबार प्रतितोला सुनको भाउ १ लाख १७ हजार रुपैयाँ थियो ।

यसैगरी,यो दिन तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन चाँदीको मूल्य भने स्थिर छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको  छ। यो दिन सुनको भाउ प्रतिऔंस १ हजार ९८५ डलरमा कारोबार भइरहेको  छ।

केही दिनअघिसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १०० डलर नजिक पुगेको थियो । त्यसपछि करेक्सनमा गएको सुनको मूल्य पछिल्लो समय भने ह्वात्तै घटेको हो । 

नेपाली बजारमा समेत सुनको भाउ अन्तरराष्ट्रिय बजारको भाउअनुसार घटबढ हुने गर्छ ।