काठमाण्डौ । नेपाली बजारमा पहेंलो धात् सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ बढेको हो ।यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुनको प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको  छ ।यसैगरी,चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले घटेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, यो दिन अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको  छ। अन्तरराष्ट्रिय बजारमा मंगलबार अघिल्लो दिनको तुलनामा सुनको भाउ  घटेर प्रतिऔंस २ हजार २३ डलरमा कारोबार भइरहेको छ ।