काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार पहेंलो धातु सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १९ हजार ८०० मा कारोबार भएको सुनको मूल्य यो दिन १०० रुपैयाँले बृद्धि भएको हो । 

यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९००० रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार यो दिन तेजावी सुन भने तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ । 
यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ५२ डलरमा कारोबार भइरहेको छ ।