काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । पघिल्लो २४ घण्टामा सुनको मूल्य १० डलरले घट्दै प्रतिऔंस २०६९  डलरमा झरेको छ । 

अन्तराष्ट्रिय बजारमा पहेलो धातु सुनको मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत अर्थात प्रति औंस १०.११ डलरले घटेको हो । 
हिजो अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले वृद्धि भएको थियो । 

अघिल्लो दिन सुनको मूल्य प्रति औंस २०.१८ डलर अर्थात  १ प्रतिशतले बढ्दै मूल्य प्रतिऔंस २०८६.५३ डलरमा पुगेको थियो । 
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रति तोला १ लाख २२ हजारमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँका किनबेच भईरहेको छ ।