काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य १३०० रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य १३०० रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँमा सीमित भएको हो । 

आज तेजावी सुनको मूल्यमा पनि प्रति तोला ७०० को गिरावट आएको छ । यो गिरावटसँगै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १०० रुपैयाँमा झरेको छ ।   

अघिल्लो दिन नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख २२ हजार र तेजावी सुनको मूल्य १ लाख २० हजार ८०० रुपैयाँका खरिद बिक्री भएको थियो । 

अन्तराष्ट्रिय बजारमा भने पछिल्लो २४ घण्टामा सुनको मूल्य १० डलरले घट्दै प्रतिऔंस २०६९ कायम भएको  छ ।