काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पघिल्लो २४ घण्टामा सुनको मूल्य ४.०६ डलरले घट्दै प्रतिऔंस २०६२.९  डलरमा झरेको छ । 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ०.२० प्रतिशत अर्थात प्रति औंस ४.०६ डलरले घटेको हो । 

गत शुक्रबार सुनको मूल्यमा प्रतिऔंस १० डलरको गिरावट आएको थियो ।   

नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला  १ लाख २० हजार ७०० मा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको प्रतितोला १ लाख २० हजार १०० रुपैयाँ रहेको छ ।