काठमाण्डौ । अंग्रजी नयाँ वर्षको सुरुवातैसँगै बढेको सुनको मूल्यवृद्धिले आज पनि निरन्तरता पाएको छ । 

पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.३४ प्रतिशत अर्थात प्रतिऔंस ७.११ डलरले बढेको हो । 

यो वृद्धिसंगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०६९.९७ डलर पुगेको छ । 

अघिल्लो दिन सुनको मूल्य ३.३६ डलरले बढ्दै प्रतिऔंस २०६६.२६ डलर पुगेको थियो । 

 नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँमा कारोबार हुँदैछ । आज अन्तरराष्ट्रिय बजारमा  सुन प्रतिऔंस २ हजार ७० डलरमा कारोबार हुँदैछ ।