काठमाण्डौ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.०५ प्रतिशत अर्थात १.०६ डलरले बढ्दै प्रतिऔंस २०४५.५७ कायम भएको छ । 

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतिऔंस २०४४.५१ डलर थियो । 

नेपालमा भने सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।