काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार दुई दिन गिरावट आएको छ ।

पछिल्लो २४ घण्टामा सुनको मूल्य प्रतिऔंस ०.४७ प्रतिशत अर्थात ९.५६ डलरले घटेको हो । 

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २०३४.५६ डलरमा झरेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस २०३९.३३ डलरसम्म झरेको थियो । 

नेपालमा छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।