काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस ७.०२ डलरले बढेको हो । 

यो ०.३५ प्रतिशतको वृद्धिसँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०३३.८५ डलर कायम भएको छ । केहि दिनयता निरन्तर घटिरहेको सुनको मूल्यमा पछिल्लो २४ घण्टामा भने वृद्धि देखिएको छ । 

नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।