काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य शुक्रबार बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  यो दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।
यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
नेपाली बजारमा विगत चार दिनदेखि निरन्तर घटेको सुनको मूल्य  यो दिन बढेको हो ।
 
बिहीबार भने छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
 
यो दिन चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
 
यसैगरी, अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३६ डलरमा कारोबार भइरहेको छ ।