काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । 

यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २००० रुपैयाँ पुगेको छ । 

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँ थियो ।  

नेपाली बजारमा विगत चार दिनदेखि निरन्तर घटेको सुनको मूल्य  यो दिन बढेको हो ।

आज चादीको मूल्य प्रतितोला १ हजार ४२० रुपैयाँ कायम भएको छ ।