काठमाण्डौ। सुनको मूल्यमा लगातार खसिरहेको पहिरो थामिएको छ।
यो साता कोरोबारको दोस्रो दिन सोमबार सुनको भाउ थोरै बढेसँगै पहिरो खस्ने क्रम रोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै सुन प्रतितोला छापावाल ७७ हजार ५०० रुपैयाँ र तेजाबी ७७ हजार २०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार र हिजो आइतबार गरी दुई दिनमै सुन भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घटेको थियो। गत शुक्रबार तोलामा ३ हजार रुपैयाँ र आइतबार १ हजार ५०० रुपैयाँको गिरावट आएको थियो।
हिजो आइतबार तोलमा एकैपटक १ हजार ५०० रुपैयाँ घटेर सुनको भाउ प्रतितोला छापावाल ७७ हजार रुपैयाँ र तेजाबी ७६ हजार ७०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै गत साता कारोबारको अन्तिम दिन शुक्रबार तोलामा एकैपटक ३ हजार रुपैयाँ घटेर सुनको भाउ प्रतितोला छापावाल ७८ हजार ५०० रुपैयाँ र तेजाबी ७८ हजार २०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला ७९० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ तोलामै ३० रुपैयाँको गिरावट आउँदै प्रतितोला ७९० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19