काठमाण्डौ । सुनको मूल्यमा आज मंगलबार फेरि भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कोरोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँको गिरावट आएको हो । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा झरेको छ ।
यो सातामात्रै सुनको भाउ तोलामै ३ हजार रुपैयाँको गिरावट आइसकेको छ।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलमा एकैपटक १५ सय रुपैयाँको गिरावट आउँदै प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँ कायम भएको थियो। दोस्रो दिन सोमबार तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७७ हजार ५०० रुपैयाँ र तेजाबी ७७ हजार २०० रुपैयाँ कायम भएको थियो।
गत सातादेखि सुनको भाउ ओरालो लाग्न थालेको हो। विश्वव्यापी महामारी घोषणा गरिएको कोरोना भाइरसको नकारात्मक प्रभाव अन्तर्राष्ट्रिय सुन बजारमा पनि पर्न थालेको विज्ञहरु बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा परेको प्रभावले नेपाली बजारमा असर गरिरहेको उनीहरुको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19