काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी नै रहेको छ। यो साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै सोमबार प्रतितोला फाइन गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।
आज तेजाबी गोल्डको भाउ भने तोलामा ३०५ रुपैयाँ घट्दै प्रतितोला ८९ हजार ७६० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६५ रुपैयाँमा कारोबार भएको थियो। हिजो सुनको भाउ स्थिर रहेको थियो।
गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ६५ रुपैयाँ कायम भएको थियो।
उता चाँदीको भाउ भने आज सोमबार स्थिर रहँदै तोलाको ९४० रुपैयाँ नै कायम भएको छ। हिजो आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको ९४० रुपैयाँ नै कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19