काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा फेरि उछाल आउन थालेको छ।
गत साताबाट ओरालो लाग्ने थालेको सुनको भाउ पुनः हिजो मंगलबारबाट उछाल आउन थालेको हो। सुनको भाउ बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार तोलामै ६०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।
गत साउन १७ गते सुनको भाउले सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो।
कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी गर्न डराइरहेकाहरुले अहिले धमाधम सुुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढिरहेको छ। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको हो।
यसैगरी चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँ बढ्दै ९५५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि तोलामा १० रुपैयाँ बढ्दै चाँदीको भाउ ९५० रुपैयाँ पुगेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19