काठमाण्डौ। नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आउन थालेको छ। आज बिहीबार पनि सुनको भाउ बढ्दै नयाँ उचाइमा पुगेको छ।
नेपाल सुनचाँदीव्यवसायी महासंघका अनुसार यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६५ रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
हिजो बुधबार पनि तोलामा एकैदिन १ हजार ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५६० रुपैयाँ कायम भएको थियो।
गत मंगलबार पनि तोलामा ४०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
कोरोना संकटबीच अहिले विश्व बजारमा सुनको भाउ बढ्दै गइरहेको छ। त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको अर्थविद्हरु बताउँछन्।
कोरोना संकटका कारण अन्य व्यापारव्यवसाय खस्किएको बेला लगानीकर्ताहरुले सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण सुनको माग बढ्नुका साथै भाउ पनि बढ्दै गएको हो। अन्तर्राष्ट्रियस्तरमा सुनलगायत बहुमूल्य धातुमा गरिने लगानी सुरक्षित मानिन्छ।
यसैगरी चाँदीको भाउ पनि बिहीबार पुनः नयाँ उचाइमा पुगेको छ। आज तोलामा १० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार १४५ रुपैयाँ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19