काठमाण्डौ । यो साता कारोबारको सुरुआती २ दिन लगातार घटेको सुनको भाउमा तेस्रो दिन मंगलबार पुनः उछाल आएको छ।
आज सुनको भाउ तोलामै २ हजार २०० रुपैयाँले बढेको भएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ कायम भएको थियो।
साताको कारोबारको पहिलो दिन आयतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो।
गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ पनि उछाल आएको छ। आज तोलामै ६५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँ घट्दै १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19