काठमाण्डौ । सुनको भाउमा गत सातादेखि आइरहेको गिरावटले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार १०० रुपैयाँ तेजाबी गोल्ड ९५ हजार ६०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउमा १०० रुपैयाँको गिरावट आएको थियो। यो गिरावटसँगै शुक्रबार प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपेयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो।
गत साताभरि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो।
आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार चाँदीको भाउ तोलामै ३५ रुपैयाँ घटेर १ हजार ३१० रुपैयाँ कायम भएको थियो।
गत साताभरि भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19