काठमाण्डौ । सुनको भाउमा आज बुधबार पनि भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँको गिरावट आएको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा झरेको छ।
हिजो मंगलबार पनि सुनको भाउमा १ हजार ७०० रुपैयाँको गिरावट आएको थियो। यो गिरावटसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएका थियो।
हिजो र आज गरी सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँको गिरावट आइसकेको छ।
गत आइतबार स्थिर रहेको सुनको सोमबार भने तोलामा २०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार १९० रुपैयाँ कायम भएको छ।
हिजो चाँदीको भाउ तोलामै ९० रुपैयाँ घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
हिजो र आज गरी चाँदीको भाउमा पनि १३० रुपैयाँको गिरावट आइसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा गिरावट आउन थालेको उनीहरुको भनाइ छ।
यसअघि कोरोनाका कारण लगानीका अन्य क्षेत्र ठप्प हुँदा सुनमा पैसा खन्याउने क्रम बढेको थियो। जसका कारण सुनको मागसँगै भाउ आकासिएको थियो।
अवस्था सामान्य बन्दै गए सुनको भाउ अझै घट्न सक्ने विज्ञहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19