काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो बिहीबार पनि २०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भन स्थिर रहँदै तोलाको १ हजार १७५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घट्दै चाँदीको भाउ १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि भने चाँदीको भाउ तोलामा १५ रुपैयाँमात्र बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19