काठमाण्डौ । सुनको भाउमा ओरालो यात्रा आज बुधबार पनि जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार स्थिर रहेको सुनको भाउ आइतबार भने तोलामा ८०० रुपैयाँ बढेको थियो। गत आइतबार प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउमा पहिरो गएको छ। आज तोलामै ४० रुपैयाँ घटेर चाँदीको भाउ १ हजार २०५ रुपैयाँ कायम भएको छ।
चाँदीको भाउ हिजो मंगलबार पनि तोलामा २० रुपैयाँ घटेर १ हजार २२५ रुपैयाँ कायम भएको थियो। गत सोमबार तोलामा १० रुपैयाँ बढेको चाँदीको भाउ आइतबार ४० रुपैयाँले बढेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19