काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज दोस्रो दिन पनि चाँदीको भाउ स्थिर रहँदै १ हजार २६० रुपैयाँ नै कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी १ हजार २६० रुपैयाँमै कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19