काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८७५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार १ रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार तोलामा १०० रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा १०० रुपैयाँ ओरालो लागेको थियो भने मंगलबार २०० रुपैयाँ रुपैयाँले बढेको थियो।
आज बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको। हिजो बुधबार चाँदी तोलामा २० रुपैयाँ घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19