 
                     
                                
                             
                                    काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेका गिरावटमा ब्रेक लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँ कायम भएको छ।
गत सातादेखि लगातार घटिरहेको सुनको यो साताको पहिलो दिन आइतबार पनि तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। हिजो आइतबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19