काठमाण्डौ । सुनको भाउमा लगातारको गिरावटमा ब्रेक लागेको छ। लगातार घटिरहेको सुनको भाउ सोमबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ तोलामै ८०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको थियो।
सुनको भाउ साउन महिना लागेयता लगातार घटिरहेको थियो। साउन १ गते स्थिर रहेको सुनको भाउ साउन ६ गतेसम्म घटेर तोलामै ३ हजार २०० रुपैयाँ घटेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २९० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19