काठमाण्डौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर १ हजार १२० रुपैयाँ कायम भएको छ। हिजो स्थिर रहँदै चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19