काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामै ३ हजार ४०० रुपैयाँले बढेको छ। गत कात्तिक १८ गते प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार २८५ रुपैयाँ पुगेको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
यो साताभरि भने चाँदीको भाउ ६० रुपैयाँले उकालो लागेको छ। गत कात्तिक १८ गते चाँदी १ हजार २२५ रुपैयाँ कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19