काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आइरहेको छ। सुनको भाउ घट्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेर १ हजार २३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँ घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19