काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19