काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ एकैदिन १ हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ हजार ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँमा झरेको छ। 

हिजो मंगलबार सुनको भाउ एकैदिन १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।