काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार पनि सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार १६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19