काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँ बढेर १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19