काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँ कायम भएको हो।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

समग्रमा यो साता सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको छ। 

यो साता चाँदीको भाउ भने ५ रुपैयाँले मात्र बढेको छ।