काठमाण्डौ । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो । 

आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु. २०० ले बढ्यो । 

आइतबारका लागि फाइन गोल्डको भाउ प्रतितोला १ लाख ५०० रुपैयाँ तथा स्ट्याण्डर्ड गोल्डको भाउ प्रतितोला रु. १ लाख तोकिएको छ । 

यसअघिको कारोबार दिन अर्थात शुक्रबार फाइन गोल्ड र स्ट्याण्डर्ड गोल्डको मूल्य प्रतितोला क्रमशः १ लाख ३ सय तथा ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

सुनसँगै चाँदीको भाउ पनि निरन्तर बढिरहेको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ प्रतितोला रु. १० ले वृद्धि भई रु. १४०० पुगेको छ । 

मंसिर महिनामा मात्रै सुनको भाउमा ३ हजार ७०० रुपैयाँ वृद्धि भइसकेको छ । मंसिर ७ गते फाइन गोल्डको मूल्य प्रतितोला ९६ हजार ८०० थियो । त्यसपछि निरन्तर बढिरहेको मूल्य आज १ लाख ५ सयको उचाईमा पुगेको हो । 

यसरी हेर्दा सुनको भाउ २० दिनको तुलनामा ३.६८ प्रतिशतले बढिसकेको छ । 

यस्तै, चाँदीको मूल्य मंसिर महिनाको २० दिनभित्र ९.६४ प्रतिशतले बढिसकेको देखिएको छ । मंसिर ५ गते चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर प्रतितोला १४०० को उचाईमा पुगेको हो ।