काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।