काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउमा सामान्य बढोत्तरी भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।