काठमाण्डौ ।साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको  छ। गत शुक्रबार पनि सोही भाउमा सुनको कारोबार भएको थियो । 

यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रबार पनि सोही भाउमा चाँदीको कारोबार भएको थियो ।