काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य सोमबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यो दिन सुनचाँदीको मूल्य स्थिर कायम भएको बताएको छ ।

महासंघका अनुसार यो दिन छापावाल सुनको मूल्य अघिल्लो दिन सरक तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य पनि स्थिर छ । महासंघले सोमबार तोलामा १ हजार ४५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको बताएको छ । आइतबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । सोमबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३.३६ डलरले बढेको हो । 

यो वृद्धिसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०६६.२६ डलर पुगेको छ ।