काठमाण्डौ । नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा यो दिन शुक्रबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको मूल्य पनि स्थिर छ ।यस दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यो दिन प्रतिऔंस २.८९ ले मूल्य वृद्धिसँगै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०४५ डलर पुगेको छ ।