काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पहेंलो धातु सुन र चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ यो दिन पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै यो दिन चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार ०.०५ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ४५ डलरमा कारोबार भइरहेको छ ।