काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19