काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई माघ १० गतेका दिन सचेतनात्मक सूचनाहरुसहितका १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ ।
सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुप एनआइसी एशिया बैंक लिमिटेडबाट १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरिएको छ।
कार्यक्रममा एनआइसी एशिया बैंकका उपप्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरे ।
बैंकले मुलुकभर फैलिएका आफ्ना २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पुर्याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago