काठमाण्डौ । साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउ पुनः ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार भने सुनका भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार भने सुनको भाउ तोलामा एकैदिन १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार तोलामा ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार भने चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबार तोलामा ४० रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँ बढेको थियो भने आइतबार १० रुपैयाँले घटेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19